अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री प्रचण्ड

 जेठ २५, २०८० बिहिबार १७:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार लुम्बिनी केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले महामारीको मारमा परेका व्यवसायीलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रकाे सुझावलाई सरकारले भर्खरै सार्वजनिक गरेको आउँदाे वर्षको बजेटमा समेटेको दाबी गर्नुभयाे । वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एक पटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ । महामारीको मारमा परेका व्यवसायीलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रकाे सुझावलाई सरकारले भर्खरै सार्वजनिक गरेको आउँदाे वर्षको बजेटमा पनि समेट्ने प्रयास गरेको छ । सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रम ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रूपमा राहतको घोषणा गरेको थियो । वर्तमान सरकार निजी क्षेत्रको साथमा छ । सहकार्य गरेर अघि बढ्न चाहन्छ ।’

प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवम् पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रबन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन, उद्योग व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुरु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

उहाँले आफ्नो भारत भ्रमणपछि नेपालमा जलविद्युतकाे क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताउनुभयो । आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र बलियाे बन्दै आएको प्रचण्डले दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Xyz

    June 8, 2023, 9:47 p.m.

    टिमका भरौटे लाई खान लाउन देऊ मी प राधना मन्त्री! के काे अर्थ8k क्रान्ति? सधैं क्रान्ति गरेर कति जनता मार्छौ

  •  0 Reply

तपाईको प्रतिक्रिया