ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत 'क्यासब्याक'

 जेठ २६, २०८० शुक्रबार १५:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट खरिदमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । 

बैंकले रुपन्देहीको बुटवलमा रहेकाे लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेशिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

यो योजना सीमित अवधिका लागि लागू रहने बैंकले जनाएकाे छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरू सार्वजनिक गर्दै आएकाे छ ।

ग्लोबल आईएमई देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

अन्तिम अपडेट: साउन २३, २०८०

तपाईको प्रतिक्रिया