लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम : स्थानीय उत्पादनकाे 'ब्रान्डिङ' गर्ने (पूर्ण पाठ)

 जेठ २६, २०८० शुक्रबार १८:४९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । आज शुक्रवार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण गर्दै स्थानीय उत्पादनका सामग्रीको 'ब्रान्डिङ' गर्दै साना प्रशोधन उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सृजनालगायतको विषयलाई प्राथमिकता दिइएको छ ।

प्रदेशवासीकाे आवश्यकताबमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन वृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन केन्द्रित हुने गरी कार्यक्रम चलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया