यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि सिटी र इन्टर मिलान खेल्दै

 जेठ २७, २०८० शनिबार १२:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ ।

सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गर्नेछ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया