बेलायती पूर्व प्रधानमन्त्री जोनसनद्वारा सांसद पदबाट राजीनामा

 जेठ २७, २०८० शनिबार १२:४९:५० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । तत्कालै लागू हुने गरी उहाँले राजीनामा दिनुभएको हो ।

जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उहाँमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उहाँले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आउनुभएको छ ।

संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उहाँलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उहाँको आलोचना भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया