मुगुकाे छायाँनाथमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयाे

 जेठ २७, २०८० शनिबार १३:३७:२१ | रासस
unn.prixa.net

मुगु - मुगुकाे छायाँनाथमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक युवककाे ज्यान गएकाे छ ।

मुगुकाे छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भामवाडा घर भएका २२ वर्षीय सञ्जय भामको ज्यान गएकाे हाे । 

करेन्ट लागेर बेहोस भएका भामलाई हिजाे दिउँसो २ बजेतिर उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकाे थियाे । उनकाे आज बिहान उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । 

माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया