आवश्यक मल खरिद गरिसकेका छौँ, अभाव हुँदैन : मन्त्री भुसाल

 जेठ २७, २०८० शनिबार २०:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताउनुभएको छ । शनिवार भक्तपुरमा आयाेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको, केही भने आउन बाँकी रहेको बताउनु भयो । उहाँले मलका लागि ठूलो सङ्कट नहुने बताउनु भएकाे छ । उहाँले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताउनु भयो ।

मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णायक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको बताउनु भयो । उहाँले कृषिको बजारीकरण, औद्योगिकरणको समस्या समाधानका लागि पहल गरिएको पनि बताउनु भयो ।

उहाँले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया