शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिडविरुद्ध बार्सिलोना ५–१ गोल अन्तरले विजयी भएको छ ।
११औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । रियलमा राफेलले स्वारेजलाई तानेर लडाएपछि बार्साले पेनाल्टीको अपिल गरेको थियो । ‘भार’ प्रयोग गर्दै रेफ्रीले पेनाल्टी प्रहार गर्न दिएपछि स्वारेजले गोल गरेका थिए ।
एल क्लासिकोमा भार पहिलो पटक प्रयोग गरिएको हो । पहिलो हाफमा २ गोलले पछि परेको रियलका लागि ५०औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७५औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । ३ गोलले पछि परेपछि लय गुमाएको रियलमाथि बार्सिलोना हावी हुने क्रममा ८३औं मिनेटमा स्वारेजले ह्याट्रिक पूरा गरे । सर्जियो रोबर्टोको पासमा गोल गर्दै स्वारेजेल ह्याट्रिक पूरा गरेका हुन् ।
डेम्बेलेको पासमा अटुरो भिडालले ८८ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई रियलमाथि ५–१ को फराकिलो जित दिलाए ।
सन् २००७ यता पहिलो पटक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिनाको ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो । मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको खल्लो हुने अनुमान गरिए पनि आजको खेलमा लुइस स्वारेजले ह्याट्रिक गरेका छन् ।
यसै सिजनमा रियल छाडेर रोनाल्डो युेभन्टस गएका छन् भने अस्वस्थ भएका कारण मेस्सी खेलेका छैनन् ।