देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीति लचक बनाएको छ । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार एक सय ५० प्रतिशतबाट घटाएर एक सय प्रतिशतमा झारिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार एक सय ५० प्रतिशतबाट घटाएर एक सय प्रतिशतमा झारेको बताउनुभएको हो ।
यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार सय प्रतिशत र त्यसभन्दा माथिको कर्जामा एक सय ५० प्रतिशत थियो ।
यस्तै सरकारबाट लाइसेन्स लिएर हुने घरजग्गा कारोबारको जोखिम भार पनि एक सय ५० प्रतिशतबाट घटाएर एक सय प्रतिशतमा झारेको उहाँकाे भनाइ छ ।