शेयर बजार साढे २६ अङ्कले घट्यो, ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार

 साउन ८, २०८० सोमबार १५:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ६३ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

अन्तिम अपडेट: साउन २८, २०८०

तपाईको प्रतिक्रिया