सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

 साउन १०, २०८० बुधबार ११:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: साउन १३, २०८०

तपाईको प्रतिक्रिया