देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – सानिमा बैंकले ग्राहकका लागि सानिमा 'फाइभ इन वान' एकाउन्ट सेवा सफलतापूर्वक शुरु गरेकाे छ ।
यो सेवा विद्यमान सानिमा 'थ्री इन वान' खाताको अद्यावधिक संस्करण हो जसमा बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सी–एएसबीए (ब्लक गरिएको रकमद्वारा समर्थित केन्द्रीकृत आवेदन) र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएकाे छ ।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो अनौठो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको बेबसाइटमा उपलब्ध अनलाइन प्लेटफर्ममार्फत डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सी-आस्बा, मेरो शेयर खोल्न र दोस्रो बजारबाट शेयर खरिद/बिक्री गर्न बैंकका विद्यमान तथा नयाँ ग्राहकहरूलाई सहज बनाउने विज्ञप्तिमा जनाइएकाे छ ।
ग्राहकहरूलाई सरलीकृत डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएकाे बैंकले जनाएकाे छ ।
सानिमा बैंकले देशका सातै प्रदेशका १३२ कार्यालय र १२२ एटीएम नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।
Bhakta Bahadur Tamang
Aug. 1, 2023, 9:33 a.m.Dear sir/mam I have a Saving account so how can i convert to 5 in 1 account service .because i am out if country .can i do the process by online ?please support me. Thanks Bhakta