सुनको भाउ ९ सय रुपैयाँले घट्यो

 साउन १२, २०८० शुक्रबार १२:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार बढेर तोलाकाे एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज शुक्रवार भने घटेको छ । 

सुन आज तोलामा नाै सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ । 

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: साउन १६, २०८०

तपाईको प्रतिक्रिया