साढे ३१ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब ५५ करोड रुपैयाँको कारोबार

 भदौ ७, २०८० बिहीबार १५:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो र अस्ति बढेको शेयर बजार आज (बिहीवार) भने उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशत तथा समता घरेलु लघुवित्तको शेयर आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर छ प्रतिशतले बढेको छ ।

आज ४६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: भदौ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया