देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै - नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ ।
गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।
भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाण्डौ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन ।
भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ ।
Dibya Khadgi
Aug. 29, 2023, 8:58 a.m.समयमा कहिले उडाउन नसक्ने नेपाल एरलाइन्सको ट्रान्जित कस्तो हुन्छ अहिले अनुमान गर्न सकिन्छ । बिचरा भैरहवा बासीले दुख नपावोस, यहीँ कामना छ।
जगदिश गुरुङ
Aug. 29, 2023, 9:10 p.m.नेपाल एयरलाइन्स ले पनि धेरै लामो इतिहास भएकै हो तर कस्ता व्यक्तिहरुको हातमा पर्यो यो संस्था कहिले सुग्रिएन सप्रिएन शिर ठाडो कहिले गरेन। धेरै दुःख लाग्छ।