शेयर बजार झन्डै ३ अङ्कले घट्याे, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

 भदौ १३, २०८० बुधबार १६:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार पाँच अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ विन्दुमा झरेको छ ।

आज होटल र व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको शेयर आठ प्रतिशत र महिला लघुवित्त वित्तीय संस्थाको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटी होटलको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । हिजो साढे ८६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३८ लाख तीन हजार कित्ता शेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: साउन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया