देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' ले 'कान्तिपुर सिनेमाज' सँग 'एक्सक्लुसिभ पेमेन्ट पार्टनरशिप' को सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमाजकाे एप तथा वेबसाइटमा 'आईएमई पे' एकमात्र भुक्तानी साझेदारका रूपमा हुनेछ ।
'कान्तिपुर सिनेमाज' एक 'ओटीटी प्लेटफर्म' हो जहाँ विभिन्न चलचित्र तथा चलचित्रको शृङ्खलाहरूलाई 'स्ट्रिमिङ' सेवा प्रदान गरिन्छ । आईएमई डिजिटल सोलुशनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले याे सम्झौतामा हस्ताक्षर गर्नुभएकाे छ ।
'आईएमई पे' ले ग्राहककाे सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।