स्मार्ट क्यूआर र बिग मार्टबीच सहकार्य

 भदौ १३, २०८० बुधबार २०:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरेको छ । जस अन्तर्गत बिग मार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआर मार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । याे छुट अफर अन्तर्गत
ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधवार र शनिवार छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा
विभिन्न सहकारीका एप मार्फत ग्राहकले बिग मार्टको सबै शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआरको अन्तर आबद्धता शुरु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्युआरमा भुक्तानी गर्न शुरु गरेका विभिन्न बैंक तथा वालेटहरूले पनि छुट प्राप्त गर्न सक्ने छन् ।

अन्तिम अपडेट: भदौ २३, २०८०

तपाईको प्रतिक्रिया