काठमाण्डौ र ललितपुरका केही ठाउँमा आज साढे ८ घण्टासम्म बिजुली नआउने

 भदौ १६, २०८० शनिबार ६:२३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ - काठमाण्डौ र ललितपुरका केही ठाउँमा आज साढे ८ घण्टासम्म बिजुली नआउने भएको छ ।

टेकु तथा के–थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरमा बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ । निर्धारित समयअघि काम सकिए तत्कालै विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८०

तपाईको प्रतिक्रिया