डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् लिएकालाई १५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणको आग्रह

 भदौ १७, २०८० आइतबार ८:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर महसुल बक्यौता १५ दिनभित्र तिर्न भनेको हो ।

तोकिएको अवधिमा बक्यौता नतिरे विद्युत् महसुल सङ्कलन विनियमावलीमा भएको व्यवस्था अनुसार कारबाही हुने प्राधिकरणले चेतावनी समेत दिएको छ ।

विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत् विद्युत् सप्लाइ लिइ त्यसबापतको विद्युत् महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्तालाई नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्बन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटक/पटक पत्राचार गरिएकोमा अहिलेसम्म पनि बक्यौता महसुल नबुझाएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले आवश्यक भएमा बक्यौता महसुल तिर्न विनियमावलीको विनियम २८ बमोजिम किस्ताबन्दीको सुविधासमेत प्राप्त गर्न सकिने जनाएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया