मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका पाँच नयाँ कृषि संरचना सञ्चालनमा

 भदौ १८, २०८० सोमबार १२:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विभिन्न पाँच वटा कृषि संरचनाहरु सञ्चालनमा ल्याएकाे छ।

कम्पनीले पाँच वर्षे रणनीति याेजना 'भिजन २०८५' अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने उद्देश्यले पाँच वटा संरचनालाई डिजिटल रुपमा सञ्चालनमा ल्याएकाे हाे । 

इटहरी, बर्दिवास, काठमाण्डाै, बुटवल, सुर्खेत र धनगढीमा रहेकाे 'प्रादेशिक कार्यालयहरु', स्याङ्जा र चितवनका 'फार्म उत्कृष्टता केन्द्र', कृषिमा लगानी प्रवर्द्धन लागि 'कृषि व्यवसाय परामर्श केन्द्र', कृषकहरुलाई दैनिक सेवाको लागि 'कृषकसँग मुक्तिनाथ कल सेन्टर' र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित 'मुक्तिनाथ एप'काे शुभारम्भ गरिएकाे हाे। 

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मिन बहादुर श्रेष्ठ, कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, निजी क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागिता थियाे। 

कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइ लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने बताउनु भयाे। 

यस्तै, कम्पनीका अध्यक्ष भरत ढकालले मुक्तिनाथ कृषि जस्ता निजी कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताउनु भयाे। 

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड 'कृषकसँग मुक्तिनाथ' र 'उपभोक्तासँग मुक्तिनाथ' अभियानद्वारा 'संस्थागत मूल्य शृङ्खला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण' गर्दै विसं २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया