देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डौ – नेपालको पहिलो डिजिटल वालेट‘आइएमई पे’ ले सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।
भदौ १९ देखि असोज १८ गतेसम्म चल्ने यस अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी ‘आइएमई पे’ मार्फत् गर्दा सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ।
अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफरकाे समय भरी जति पटक पनि प्रयोग गर्न सक्नेछन् । त्यस्तै इन्टरनेटको प्रोमो कोड भने अफरको समय भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनु हुनेछ।