'आईएमई पे' बाट पहिलो पटक हवाई टिकट काट्दा ५ सय रुपैयाँ क्यासब्याक पाइने

 भदौ २५, २०८० सोमबार १६:३७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' ले  एअरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५ सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । 

यस अफरअन्तर्गत सेवाग्राहीले 'आईएमई पे' बाट पहिलो पटक टिकट खरिद गर्दा 'FLYIME' प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एअरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर हिजाे आइतवारदेखि शुरु भएको छ र पहिलो १ हजार सेवाग्राहीलाई प्रदान गरिने छ । यो अफर पहिलो पटक एअरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सीमित अवधिका लागि हो ।

अन्तिम अपडेट: कात्तिक २१, २०८०

तपाईको प्रतिक्रिया