आईएमई पेमा पहिलाे पटक एअरलाइन्सकाे टिकट काट्नेलाई पाँच सय रुपैयाँ छुट

 भदौ २६, २०८० मंगलबार १२:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पे ले पहिलाे पटक एअरलाइन्सकाे टिकट काट्ने ग्राहकहरुलाई छुट दिने भएकाे छ । 

आईएमई पे ले  एअरलाइन्सकाे टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोगमार्फत् फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हाे । 

यस  अफरअन्तर्गत आईएमई पेमार्फत् पहिलो पटक टिकट खरिद  गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने छ । 

सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एअरलाइन्सका टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यकासाथ ल्याइएको यो अफर भदाै २४ गतेदेखि शुरु भएको हाे । 

पहिलो एक हजार योग्य सेवाग्राहीलाई अफर अन्तर्गतकाे छुट प्रदान गरिने कम्पनीले जनाएकाे छ । यो अफर पहिलो पटक एअरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि मात्र रहेकाे आईएमई पेले जनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक १८, २०८०

तपाईको प्रतिक्रिया