‘खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन’

 भदौ २९, २०८० शुक्रबार २०:२४:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामनासमेत दिनुभयो । तीज एक सामाजिक–सांस्कृतिक पर्व भइसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उहाँले भन्नुभयो, ‘उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।’

निरङ्कुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उहाँले स्मरण गर्नुभयो । उहाँले शरीरसँगै मन पनि नाच्नुपर्ने र योग ध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: असोज १८, २०८०

तपाईको प्रतिक्रिया