४२ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब २ करोड रुपैयाँको कारोबार

 भदौ ३१, २०८० आइतबार १५:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र मेन्छियाम हाइड्रोपावर कम्पनी तथा बुङ्गोल इनर्जी कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार राताम्मे भए पनि कारोबार रकम भने उकालो लागेको छ । आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख ५९ हजार कित्ता शेयर कारोबार भएका छन् । ७२ हजार चार सय वटा कारोबारमा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २७ करोड ५४ लाख र रिलायबल नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ५२ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

अन्तिम अपडेट: साउन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया