दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – भारतका स्पिनर कुलदीप यादव एसिया कपकाे सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । ५ खेलमा ९ विकेट लिएका यादव प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् ।
भारतले श्रीलङ्कालाई फाइनललाई हराएर आठाैँ पटक उपाधि जित्दा कुलदीप महत्त्वपूर्ण भूमिका निभाए । यद्यपि उनले फाइनलमा १ विकेट पनि लिन सकेनन् । उनले फाइनलमा १ ओभर गर्दै १ रन दिए ।
कुलदीपले ५ खेलमा २८ ओभर ३ बल गरे र यस क्रममा १ सय ३ रन दिँदै ९ विकेट लिए । उनले पाकिस्तानसँगकाे खेलमा २५ रन दिँदै ५ विकेट लिए । प्रतियाेगितामा कुलदीपकाे याे सर्वाेत्कृष्ट प्रदर्शन थियाे । यस्तै श्रीलङ्कासँगकाे खेलमा उनले ४३ रन दिएर ४ विकेट लिए । उनले नेपालसँगकाे खेलमा १ विकेट पनि लिन सकेनन् । यस्तै समूह चरणमा पाकिस्तानसँगकाे खेल वर्षाले प्रभावित हुँदा भारतले फिल्डिङ गर्न पाएन ।
यसैबीच आज भएकाे फाइनलमा श्रीलङ्कालाई कम याेगफलमा राेक्ने क्रममा ६ विकेट लिएका माेहम्मद सिराज याे खेलकाे सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।