स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई
असोज १२, २०८० शुक्रबार
काठमाण्डौ – राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले सूचना निकालेर जनाएको छ ।
३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनराेलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।