चट्याङ लागेर दैलेखमा किशाेरकाे ज्यान गयाे

 असोज १, २०८० सोमबार २०:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चट्याङ लागेर दैलेखमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशाेर दाहालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिनुभयाे ।

चट्याङ लागेर नाै जना घाइते भएका र उनीहरूकाे दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरी निरीक्षक बिष्टले बताउनुभयाे । आज साेमवार तीजकाे मेला हेरेर फर्किने क्रममा महाबुस्थानकाे एक्ले सल्लाेमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालकाे उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएकाे हाे ।

अन्तिम अपडेट: असार २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया