पोखरामा भएको लामाचौर कप राष्ट्रिय भलिबलमा महिलातर्फको उपाधि पुलिसलाई

 असोज २, २०८० मंगलबार ८:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की - कास्कीको पोखरामा भएको लामाचौर कप राष्ट्रिय भलिबलमा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

हिजो भएको फाइनलमा न्यु डायमन्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसले डायमन्डलाई १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजित पुलिसले लगातार तीन सेट जित्यो ।

पुलिसले उपाधिसँगै नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फको फाइनल खेल आज हुँदैछ । पुरुषतर्फ गण्डकी र पुलिसको खेल हिजो प्रकाशको कमीका कारण स्थगित गरिएको थियो ।
 

अन्तिम अपडेट: असोज ८, २०८०

तपाईको प्रतिक्रिया