देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डौ – संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
महासभामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुहुन्छ । आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनुभएको हो ।
बाइडेनले रूसको आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सदस्य राष्ट्रलाई आग्रह गर्दा जेलेन्स्कीले त्यसतर्फ निक्कै चासो राखेको देखिन्थ्यो । बाइडनले युक्रेन युद्ध र यसले निम्त्याउन सक्ने विश्व सुरक्षाबारे जोड दिएर कसैले पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रको मूल सिद्धान्त त्याग्न नहुने बताउनुभयो ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गर्नुभएको छ । युक्रेनमाथि रूसको आक्रमणलाई लिएर रूसतर्फ नरम भएको आरोप खेपिरहेका लुलाले वार्ता नै विकल्प रहेकोमा जोड दिनुभयो ।