जीपकाे ठक्करबाट पाल्पामा माेटरसाइकल चालककाे ज्यान गयाे

 असोज ३, २०८० बुधबार २०:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – जीपको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा बगनासकाली गाउँपालिका–७ झाँक्रीस्थानका २८ वर्षीय सुधन भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

आज बुधवार सदरमुकाम तानसेनदेखि बगनासकाली–७ खानीगाँउका लागि छुटेको जीपले बगनासकाली–९ चाप्पानीको भित्री पक्की सडकमा भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट गम्भीर घाइते सुधनको काठमाण्डाैकाे ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: असोज १०, २०८०

तपाईको प्रतिक्रिया