नागोर्नो–काराबाखमा युद्धविरामको घोषणा, ३२ जनाकाे ज्यान गयाे

 असोज ३, २०८० बुधबार २०:१८:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अजरबैजानको सेनाले नागोर्नो–काराबाख क्षेत्रमा आक्रामक कारबाही शुरु गरेको २४ घण्टाभित्रै आर्मेनियाली जातीय लडाकुहरूको सेना युद्धविराम गर्न सहमत भएको छ । उनीहरूले रुसले तोकेका सर्तहरू स्वीकार गरेका बीबीसीले जनाएको छ ।

अजरबैजानको सेनाले हिजो मङ्गलवारदेखि आक्रमण शुरु गरेको हो । आक्रमणमा ३२ जनाको ज्यान गएको नागोर्नो–काराबाखका अधिकारीहरूले बताएका छन् । युद्धविराममा स्थानीय सेनाबाट हतियारहरू पूर्णरूपमा हटाउने र आर्मेनियाली सुरक्षा बलको फिर्ती समावेश छ ।

नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनियाली जातीय लडाकुहरूले केही महिनादेखि तनाव सृजना गरिरहेका थिए । नागोर्नो–काराबाखको धेरैजसो जनसङ्ख्या आर्मेनियाली मूलका मानिसकाे छ । तर अन्तर्राष्ट्रिय विश्वले यस क्षेत्रलाई अजरबैजानको भागको रूपमा मान्यता दिन्छ ।

यी दुवै देश दक्षिण काकेशस क्षेत्रमा अवस्थित छन् । जुन पूर्वी युरोप र एसियाको पहाडी क्षेत्र हो । अजरबैजान र आर्मेनियाबीच तीन वर्षअघि पनि लामो युद्ध चलेको थियो ।

अन्तिम अपडेट: असोज १०, २०८०

तपाईको प्रतिक्रिया