आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

 असोज ४, २०८० बिहिबार ७:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ ।

यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।

नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो । सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

अन्तिम अपडेट: असोज १९, २०८०

तपाईको प्रतिक्रिया