पूर्वी क्षेत्रमा बिहानैदेखि वर्षा : कोशी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असोज ४, २०८० बिहिबार ७:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापा, मोरङ, सुनसरी, इलाम लगायत पूर्वी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ ।

यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पूर्वी क्षेत्रमा धेरै परेको छ । यसकै कारण बिहानैदेखि त्यस क्षेत्रमा पानी परिरहेको उहाँले बताउनुभयो ।

आज अन्य क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यी क्षेत्रमा दिउँसोपछि र रातिको समयमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद् झाको आग्रह छ ।

पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: असोज ७, २०८०

तपाईको प्रतिक्रिया