देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै - आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर्स दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले अल्जाइमर्स रोगको समस्या तीव्र रूपमा बढिरहेको छ ।
अल्जाइमर्स रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । अल्जाइमर्स हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई यस विषयमा जानकारी नहुनु नै रहेको ज्येष्ठ नागरिकका डाक्टर रमेश कँडेलले बताउनुभयो । उहाँका अनुसार मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यसरी मस्तिष्कका कोषहरू नष्ट हुँदै गएपछि व्यक्तिले केहीबेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ ।
यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर्स हुन्छ । डाक्टर कँडेलका अनुसार ९५ प्रतिशतभन्दा धेरै अल्जाइमर्सका बिरामी ज्येष्ठ नागरिक छन् । यो रोग पुरुषको तुलनामा महिलामा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । अल्जाइमर्स के कारणले लाग्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्ति तथा वयस्कमा मधुमेह, उच्च रक्तचाप, मोटोपना भएका र निष्क्रिय जीवनशैली भएकाहरुलाई अल्जाइमर्स हुने जोखिम धेरै हुने डाक्टर रमेश कँडेलले बताउनुभयो ।
डाक्टरका अनुसार अल्जाइमर्स दीर्घरोग हो । यो पूर्ण रुपमा निको हुँदैन । तर, शुरुवाती चरणमा नै यो रोगको पहिचान गरी उपचार गराएमा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । बेलैमा उपचार नभए मानसिक समस्यासँगै हिँडडुल गर्न नसक्ने जस्ता जटिल अवस्थामा बिरामी पुग्ने डाक्टर कँडेलले बताउनुभयो ।
बिरामी सामान्य अवस्थामा हुँदा नै परिवारका सदस्यहरूले उपचारमा नलैजाँदा पछि ज्येष्ठ नागरिकको स्वास्थ्यमा जटिल समस्या देखिने गरेको डाक्टरले बताएका छन् ।