एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा आयाेजित ‘बजार जाऔँ’ कार्यक्रम सम्पन्न

 असोज ४, २०८० बिहिबार १३:४६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडकाे १८औँ वार्षिकोत्सवको अवसरमा आयाेजित ‘बजार जाऔँ’ (गो टु मार्केट) कार्यक्रम सम्पन्न भएकाे छ ।

‘बजार जाऔँ’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो ।

एनसेलका कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा बिक्रेताहरुका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा बिक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थापनका उच्चपदस्थ अधिकारीहरुले आइतवार एनसेल सेन्टरहरु र खुद्रा बिक्रेताका पसलहरुमा भ्रमण गरेका थिए । उनीहरुले ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिएका थिए । 

देशैभरका सबै एनसेल सेन्टरहरु र ५ वटाभन्दा बढी खुद्रा बिक्रेताहरुका पसल पुगेकाे एनसेलले जनाएकाे छ । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रत्यक्ष अन्तर्क्रिया गरी मायाको चिनो समेत वितरण गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यस्तै, मानव विकास सूचकाङ्क न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत कार्यक्रम पनि गरिएकाे एनसेलले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज ९, २०८०

तपाईको प्रतिक्रिया