दक्षिणकालीमा बाग्मती नदीको पहरोमा फसेका रामबहादुर लामाको उद्धार

 असोज ४, २०८० बिहिबार ११:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सशस्त्र प्रहरी बल नेपालले बाग्मती नदीको पहरोमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

गएराति काठमाण्डाैको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहकाे सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको बाग्मती नदी किनारबाट उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी पहरोमा बस्नु भएको थियो ।  उद्धार पछि लामालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ११, २०८०

तपाईको प्रतिक्रिया