भारत–क्यानडा विवाद उत्कर्षमा, भारतले भिसा सेन्टर नै बन्द गर्‍याे

 असोज ४, २०८० बिहिबार १३:४५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानडामा भारत सरकारले भिसा सेवा बन्द गरेको छ । क्यानडामा रहेको भारतको भारतीय नियोगले सञ्चालनका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ ।

दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशले उच्च कुटनीतिक कर्मचारीलाई देश निकाला गरिसकेका छन् । भारतले क्यानडामा भिसा सेवा बन्द गरेको विषय भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलसीको वेबसाइटबाट हटाइएको थियो तर यो जानकारी फेरि शेयर भएको छ ।

बीएलएस इन्टरनेशनलले क्यानडामा भारतीयहरूका लागि अनलाइन भिसा आवेदन केन्द्रहरू व्यवस्थापन गर्दछ ।

भारतीय मूलका एक सिख नेताको क्यानडामा गोली हानेर हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्रीले भारतीय खुफिया एजेन्सीले नै उनको हत्या गरेको आरोप लगाएपछि कुटनीतिक विवाद चलिरहेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८०

तपाईको प्रतिक्रिया