देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – आज बिहीवार बिहानदेखि नै शिक्षकहरूकाे आन्दोलनका कारण काठमाण्डौमा गाडी आउजाउ प्रभावित भयाे । थापाथलीबाट माइतीघर जाने गाडीहरूलाई रोकिएको थियो । ती गाडीहरू प्रसूति गृहतर्फ मोडिएका थिए । प्रसूति गृहतर्फबाट बबरमहल हुँदै बानेश्वर जाने बाटो पनि बन्द थियो । त्यस्तै सिंहदरबार तथा पुतलीसडकबाट माइतीघरतर्फ आउने बाटो पनि बन्द थियो । जसका कारण काठमाण्डौको ट्राफिक व्यवस्थापन दिनभरि नै अस्व्यस्त भयो ।
शिक्षकहरू हतार हतार माइतीघरतर्फ गइरहेका थिए । माइतीघरमै शिक्षकको हाजिर गर्ने व्यवस्था गरिएको थियो । यसले गर्दा शिक्षकहरू आफ्नो हाजिर गर्ने कता हो भन्दै खोजेर हिँडिरहेका देखिन्थे । भिड धेरै भएका कारण जिल्लाका र आफ्नो विद्यालयका हाजिरी बोकेका शिक्षक पत्ता लगाउन उनीहरूलाई गाह्रो परिरहेको थियो ।
शिक्षकहरू विभिन्न समूह बनाएर आन्दोलनमा आएका थिए । पहिले नै केही शिक्षकहरू बानेश्वरको निषेधित क्षेत्रमा पुगिसकेको थिए । निषेधित क्षेत्रबाट बानेश्वरतर्फ जान नदिएपछि शिक्षकहरू गाडीमा माइकिङ गर्दै फर्किए । फर्कने क्रममा उनीहरूलाई प्रहरीले 'स्कर्टिङ' गर्दै लगेकाे थियो ।
केही शिक्षक–शिक्षिकाहरू स्कुले पोसाकमै आन्दोलनमा आएका थिए । चर्को घामका कारण शिक्षक–शिक्षिकाहरू शीतल खाेज्दै पटक–पटक रुखको छहारीमुनि पुग्थेँ । आन्दोलनमा टिकटक बनाउनेहरू पनि थिए । चटपटे, पानीपुरी बेच्नेकोमा राम्रै भिड थियो । पानी बेच्नेहरूको व्यापार पनि राम्रै थियो । भिड धेरै भएका कारण सडक छेउका दुबाे र रुखबिरुवामा पनि क्षति पुगेको छ ।
बेलुका ५ बजे औपचारिक कार्यक्रम सकिएपछि पनि हाजिर गर्ने हतारो देखिन्थ्यो । त्यस्तै कार्यक्रम सकिएपछि गाडी चढ्न कता जाने भन्ने अलमल पनि देखिन्थ्यो ।
शिक्षक आन्दोलनको आजका केही तस्बिरहरू–
तस्बिर : वैद्यनाथ पाैडेल