दार्चुलाबाट बैतडी सर्याे महाकाली नदी नियन्त्रण आयोजना कार्यालय
मंसिर १९, २०८० मंगलबार
काठमाण्डाै - आज कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।
यस्तै, राति कोशी र मधेस प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, सुदूरपश्चिम बाहेकका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ ।
भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण यी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।