ग्लोबल आईएमई र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

 असोज ५, २०८० शुक्रबार १६:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएकाे छ । याे सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारिक वितरकहरूलाई आवश्यक चालु पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ । बाेटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक वितरकहरूले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

हस्ताक्षर कार्यक्रममा ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका प्रतिनिधिकाे उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८०

तपाईको प्रतिक्रिया