सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
डोटी – डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेका रघुनाथ जोशीले आफूले पाउँदै आएको वृद्धभत्ता रकमबाट दुई वटा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले एक/एक लाख रुपैयाँका रघुनाथतारा अक्षयकोष स्थापना गर्नुभएको हो ।
१ सय २ वर्षको उमेरमा जोशीले जोरायल गाउँपालिका–३ काे शिवपुर माध्यमिक विद्यालय र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गर्नुभएको हो । जोशीले जीवनको उत्तरार्धमा पुण्य कार्य गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । समाजसेवी जोशीकी श्रीमती तारादेवी ९८ वर्षकी हुनुभएको छ । अहिले उहाँहरू कैलालीकाे धनगढी उपमहानगरपालिकामा बस्दै आउनुभएकाे छ ।
अक्षयकोष स्थापना गरेकोमा जाेशीलाई वडाध्यक्ष नवीन ओझाले आज शुक्रवार एक कार्यक्रमबीच सम्मान गर्नुभयाे । वडाध्यक्ष ओझाले समाजसेवी जोशी समाजका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।