बझाङको छबिसपाथिभेरामा खुकुरी प्रहारबाट एक जनाको ज्यान गयाे

 असोज ६, २०८० शनिबार ८:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ - बझाङकाे छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेमा खुकुरी प्रहारबाट एक जनाकाे ज्यान गएकाे छ ।

घट्टेकै ५५ वर्षीय बिजुली पाण्डेकाे खुकुरी प्रहारबाट ६० वर्षीय जैलु मण्डेलकाे ज्यान गएकाे हाे । 

हिजाे बेलुका सात बजेतिर सामान्य विवादका क्रममा पाण्डेले खुकुरी प्रहार गरेका हुन् । हत्यापछि फरार रहेका पाण्डेकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

अन्तिम अपडेट: असोज ७, २०८०

तपाईको प्रतिक्रिया