बर्दियामा माटाेकाे ढिस्काेले पुरिएर एक जनाकाे ज्यान गयाे

 असोज ७, २०८० आइतबार ६:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया - बर्दियाकाे मधुवन नगरपालिका–३ खातामा हिजाे ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएकाे छ। 

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर ज्यान गएकाे हाे । 

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज २३, २०८०

तपाईको प्रतिक्रिया