आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा नआएको काठमाण्डौका मेयर शाहको दाबी

 असोज ८, २०८० सोमबार १४:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा आउन नचाहेको दाबी गर्नुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने हाे भन्दै प्रश्न गर्नुभएको छ । अभियन्ताहरू उभिरहेको ठाउँमै पुगेर संवाद गर्न बोलाउँदा पनि नमानेको उहाँको भनाइ छ ।

तर अभियन्ता ‘‘ई’’ ले भने मेयर शाहको भनाइको खण्डन गर्नुभएको छ । अभियन्ता ‘ई’ले मेयर शाहको स्ट्याटस शेयर गर्दै ‘ई’ले नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गर्नुभएको छ । आफूहरू भएको ठाउँमा मेयर शाह नभई नगर प्रहरी आएका र आफूहरूले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय माग्दा  नगर प्रहरीले रिसाएर त्यसो भए मेयरले भेट्दैन भन्दै हिँडेका ‘ई’ ले उल्लेख गर्नुभएको छ ।

‘ई’ लगायत अभियन्ताले सात दिनदेखि प्रदर्शनीमार्गको राष्ट्रियसभा गृह अगाडि उभिएर आन्दोलन गर्दै आएका छन् ।

अन्तिम अपडेट: कात्तिक १४, २०८०

तपाईको प्रतिक्रिया