भाइरल ज्वरोले बाजुरामा २ जनाको ज्यान गयो

 असोज ८, २०८० सोमबार १८:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयबागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको ज्यान गएको छ ।

भाइरल ज्वरोका कारण स्थानीय ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको ज्यान गएको हो । भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको हिजो आइतवार ज्यान गएको प्रहरीले जनाएको छ ।

गाउँमा रहेका १ सय ६० भन्दा बढी परिवारका सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरोले पूरै गाउँ नै प्रभावित रहेको स्थानीय गणेशबहादुर शाहीले बताउनुभयो । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको तर उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीयले गुनासो गरेका छन् ।

ज्वरो १०३ डिग्री माथि आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखापरेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: असोज १०, २०८०

तपाईको प्रतिक्रिया