उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोलको भेट

 असोज ९, २०८० मंगलबार ११:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' लाई काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले भेट्नु भएको छ । उपमेयर डङ्गोलले राष्ट्रिय सभागृहको गेटमा अभियन्ता 'ई' लाई भेट्नु भएको हो ।

'ई' ले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ : ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’ अभियन्ता 'ई' एक हप्तादेखि राष्ट्रियसभा गृह अगाडि उभिरहनु भएको छ । काठमाण्डौ महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ ।

यदाकदा भेटिइ हाल्यो भने नगर प्रहरीले व्यापारीको सामान खोस्ने, ठेला गाडा जफत गर्ने गरेको छ । यतिले नपुगेर हातपातसमेत हुने गरेको छ । 'ई' को विरोध यसैमा हो ।आश गरेको नेतृत्वले अहिले निराश पारिरहेको 'ई' को गुनासो छ ।

अन्तिम अपडेट: जेठ ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया