सुन चाँदीको भाउ घट्यो

 असोज ९, २०८० मंगलबार ११:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको १ लाख १२ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँ छ । हिजो तोलामा १ हजार ४ सय ३० रुपैयाँ थियो ।

अन्तिम अपडेट: असोज २६, २०८०

तपाईको प्रतिक्रिया