स्वास्थ्यकर्मीलाई देशमै बस्ने वातावरण मिलाउन मेयर शाहकाे आग्रह

 असोज ९, २०८० मंगलबार १८:२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरूलाई देशमै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

आज मङ्गलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै मेयर शाहले यस्तो आग्रह गर्नुभएको हो । उहाँले डा. दासलाई झैँ सरकारले अन्य डाक्टरहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाई देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गनुपर्ने बताउनुभयो । आफ्नो पेसा इमानदारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने मेयर शाहकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू देशमै रहेर सय बिताउन सक्ने प्रेरणा हाेस् । अहिलेको स्थितिमा स्वास्थ्यकर्मीहरू बाहिरिँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको छ । स्वास्थ्यकर्मीहरूलाई सुरक्षाकाे व्यवस्था हाेस्, देशमै बसेर सेवा गर्ने वातावरण बनाेस् । आफ्नो पेसा इमानदारिताका साथ गर्ने हाे भने कुनै पनि तन्त्रले केही फरक नपर्ने रेहछ ।’

मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरू पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: असोज १९, २०८०

तपाईको प्रतिक्रिया